You are viewing the translated version of परिचयपत्रको सुविधा.

Rule 12
परिचयपत्रको सुविधा
(१) देहाय बमोजिमको विदेशी लगानी गर्ने विदेशी लगानीकर्तालाई विभागले अनुसूची-५ बमोजिमको ढाँचामा विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउन सक्नेछः ०
(क) पाँच करोड रूपैयाँदेखि पच्चीस करोड रूपैयाँसम्मको लगानी गर्ने विदेशी लगानीकर्तालाई साधारण विदेशी लगानीकर्ता,
(ख) पच्चीस करोड रूपैयाँभन्दा बढी एक अर्ब रूपैयाँसम्मको लगानी गर्ने विदेशी लगानीकर्तालाई विशिष्ट विदेशी लगानीकर्ता,
(ग) एक अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी गर्ने विदेशी लगानीकर्तालाई अति विशिष्ट लगानीकर्ता ।
(२) उपनियम (१) बमोजिम परिचयपत्र उपलब्ध गराउँदा विदेशी लगानीकर्ता र निजको आधिकारिक प्रतिनिधिलाई परिचयपत्र उपलब्ध गराइनेछ ।
(३) ऐन तथा यस नियमावली बमोजिम विदेशी लगानी फिर्ता लगेपछि वा विदेशी लगानीको स्वीकृति रद्द भएपछि सम्बन्धित विदेशी लगानीकर्तालाई उपनियम (१) बमोजिम उपलब्ध गराएको परिचयपत्र स्वतः रद्द हुनेछ।
(४) उपनियम (३) बमोजिम रद्द भएको परिचयपत्रको अभिलेख विभागले राखी सोको जानकारी सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ।